ad ad

समाज


नदी किनारमा रहँदा र हिँड्दा उच्च सतर्कता अपनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

नदी किनारमा रहँदा र हिँड्दा उच्च सतर्कता अपनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

नेपालखबर
असार २२, २०८१ शनिबार १८:४७, काठमाडौँ

लगातारको वर्षाका कारण नदीहरुमा जल सतह बढ्दै बढेको भन्दै काठमाडौं जिल्ला प्रशासनले नदी किनारमा रहँदा र हिँड्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

‘नदीहरुमा जल सतह बढ्दै जादा किनारका वस्तीहरुमा नदी कटान तथा डुबानको जोखिम बढ्ने हुदाँ नदी किनारमा रहने र हिँड्ने व्यक्तिहरुले उच्च सतर्कता अपनाउन जरुरी छ,’ जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै भनेको छ।

बागमती, विष्णुमति, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलाहरुमा जल सतह बढ्दा नदी किनारमा रहेका घर टहराहरु र त्यसमा बसोबास गर्ने मानिस एवं चौपाया समेत जोखिममा परेको जिल्ला प्रशासनको भनाइ छ। 

त्यस्तै नदी किनारका कोरिडोर, बाटो लगायतका सार्वजनिक  सवारी साधन पार्किंङ गर्ने र निर्माण सामग्रीहरु राख्ने काम पनि नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .