अमेरिकाले ताइवान मामिलालाई लिएर चीनमाथि थप प्रतिबन्धको तयारी गरेको छ। अमेरिकाले चीनमाथि प्रतिबन्ध बढाउँदै उसलाई ताइवान मामिलाबारे थप दबाब सिर्जना नगर्न वातावरण सिर्जना गर्न सकिने विषयमा अहिले छलफल भएको हो।
ताइवानले युरोपेली संघ (ईयू)का नेताहरुलाई पनि चीनविरुद्ध सोही किसिमको नीति अख्तियार गर्न दबाब दिँदै आएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो समय चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने आशंका बढिरहेको अवस्थामा ताइवानले पनि चीनमाथि प्रतिबन्धको लागि लबिङ गरेको हो। यद्यपि यो वार्ता अहिले सुरुवाती चरणमा रहेको स्रोतको भनाइ छ।
यसअघि नै अमेरिकाले चीनमाथि केही व्यापार र लगानीका साथै संवेदनशील प्रविधिमा पनि प्रतिबन्ध लगाइसकेको छ। जसमा कम्प्युटर चिप्स र दूरसञ्चार उपकरणजस्ता प्रविधि रहेका छन्।
स्रोतले अब अमेरिकाले चीनमाथि लगाउने प्रतिबन्ध कस्तो हुन सक्छ भन्ने विषयमा भने केही बताएको छैन। यद्यपि चीनमागि प्रतिबन्ध लगाउनु त्यति सहज भने नहुने जानकारहरुले बताएका छन्।
आर्थिक क्षेत्रमा रुसलाई जसरी चीनमाथि प्रतिबन्ध लगाउने हो भने त्यसले नकारात्मक असर निम्त्याउन सक्ने उनीहरुको भनाइ छ।
चीनले ताइवानलाई आफ्नो भूमि भएको बताउँदै आएको छ। अमेरिका भने यसलाई एक स्वतन्त्र राज्यको रुपमा मान्यता दिने दिशामा अघि बढिरहेको छ।
यसै विषयमा तनाव बढ्दा चीनले ताइवानमाथिको दबाब पनि बढाउन थालेको छ।
Shares
प्रतिक्रिया