ad ad

ग्लोबल


अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफान

अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफान

नेपालखबर
असोज १३, २०७९ बिहिबार ८:८, काठमाडौँ

अमेरिकाको फ्लोरिडाको दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।

इयानको कारण भारी वर्षा र बाढी बढेको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलोपटक यति शक्तिशाली तुफान आएको हो। 

बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेको छ। 

तुफानको कारण असर पर्न सक्ने घरहरु खाली गर्न आदेश दिइएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रको विद्युत आपूर्ति बन्द भउको छ। करिब १८ लाख मानिसको विद्युत आपूर्ति रोकिएको छ। 

फ्लोरिडाका गभर्नर रन डिसेनटिसले बुधबार यो निकै खराब दिन भएको भन्दै मानिसहरुलाई प्रार्थना गर्न आग्रह गरेका छन्। 

अन्तर्राष्ट्रिय हरिकेन रिसर्च सेन्टरका एसोसिएट डायरेक्टर एरिक सालनाका अनुसार अहिले नै तुफानको क्षतिबारे कल्पना गर्न कठिन छ।

इतिहास हेर्ने हो भने हावाको कारण आउने पानीबाट धेरैको मृत्यु हुने गरेको छ।

फ्लोरिडाको पूरै पश्चिमी क्षेत्रमा तुफान तीव्र हुन सक्ने चेतावनी दिइएको छ। तुफानको कारण अमेरिकाको आन्तरिक र बाह्य गरी चार हजारभन्दा धेरै उडान रद्द गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .