श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासू र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन्। श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन्।
साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घराययी समस्याका कारण हत्या भएको बताउँदै घटनाको विस्तृत विवरण सार्वजनिक गरेन। यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन्। रासस/एपी
264
Shares
प्रतिक्रिया