नेपाली युवासमेतलाई भर्ती गर्ने गरी भारत सरकारले यसै वर्षदेखि अघि सारेको ‘अग्निपथ’योजनाअन्तर्गत तलब दिँदा कर नकाट्ने नियम भारत सरकाले ल्याएको छ।
बढ्दो खर्च कटौती गर्ने गरी भारतीय सेनामा ल्याइएको यो योजनाअन्तर्गत भर्ती हुने अग्निवीरले पाउने रकममा कुनै किसिमको कर नलाग्ने घोषणा बुधबार वित्तमन्त्री निर्मला सीतारमणले गरेकी छन्।
वित्तमन्त्री सीतारमणले आफ्नो बजेट भाषणमा अग्निपथ योजनामा भर्ती हुने अग्निवीरको कोरपस कोषमा जम्मा हुने रकममा कर नलाग्ने घोषणा गरिन्। अग्निवीर कोरपस कोषयमा ईईई श्रेणीअन्तर्गत यो प्रावधान राखेकी हुन्।
यसको अर्थ भनेको अग्निवीरलाई सरकारको तर्फबाट कोषमा आउने रकम करमुक्त हुनेछ।
यसका साथै यसमा लाग्ने ब्याज पनि करमुक्त हुनेछ। जब अग्निवीरलाई यसको रकम दिइनेछ तब कुनै किसिमको कर लगाइने छैन।
अग्निवीर योजनाअन्तर्गत चार वर्षपछि कामबाट अवकाशमा जाने अग्निवीरलाई ११ लाख ७१ हजार भारतीय रुपैयाँ 'सेवा निधि' दिइनेछ। वित्तमन्त्रीले यस पूरा कार्यक्रमलाई करमुक्त गर्ने प्रस्ताव राखेकी हुन्।
Shares
प्रतिक्रिया