टर्कीको दक्षिणतर्फ सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार अहिले प्राप्त प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव ८ मापन गरिएको छ।
युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा हो। यो क्षेत्र गाजिएनटेप नजिकै छ।
गाजिएनटेपको जनसंख्या लगभग २० लाख छ, जसमध्ये ५ लाख सिरियाली शरणार्थी छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ।
जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेस (जीएफजेड) लाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले यसलाई ७.७ म्याग्निच्युडको भूकम्पका रूपमा वर्णन गरेको छ। जीएफजेडका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर तल थियो।
समाचार एजेन्सी एएफपीले यसलाई ७.९ म्याग्निच्युडको भूकम्प भनेको छ।
हेर्नुहोस् भूकम्प जाँदाको भिडिओ–
Multiple apartment buildings have collapsed after a powerful earthquake in southern Turkey pic.twitter.com/wydrBj94RL
— BNO News (@BNONews) February 6, 2023
Shares
प्रतिक्रिया