न्युजिल्यान्डमा चक्रवात ग्याब्रिएलका कारण आपत्काल घोषणा गरिएको छ।
देशको इतिहासमा यो तेस्रोपटक संकटकाल लगाइएको हो।
न्युजिल्यान्डका विपद् व्यवस्थापन मन्त्री किरन म्याकअनल्टीले यस सम्बन्धमा आदेश जारी गरेका छन्। यो आपतकाल नर्थल्यान्ड, अकल्यान्ड, वाइकाटोजस्ता क्षेत्रमा लागू गरिएको छ।
मंगलबार बिहान पनि करिब ३८ हजार घरमा बिजुली गएको थियो।
आँधीका कारण अकल्यान्डमा कम्तीमा ५० घर खाली गरिएको छ । यी घरहरू ३० मिटर टावर नजिकै थिए, भत्कने खतरा देखेर मानिसहरूलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारिएको हो।
न्युजिल्यान्ड सरकारले आँधीका कारण ७.३ मिलियन डलरको राहत प्याकेज घोषणा गरेको छ।
हेर्नुहोस् केही तस्बिर
बीबीसीबाट
Shares
प्रतिक्रिया