गत हप्ता टर्की र सिरियामा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ।
शताब्दीको सबैभन्दा खराब प्राकृतिक प्रकोप भनिएको भूकम्पबाट प्रभावितहरुको राहत र उद्धार कार्य जारी छ।
मौसम अत्यधिक चिसो हुँदा पनि मानिसहरू कडा चिसोमा खुला ठाउँमा बस्न बाध्य छन्।
राहत र उद्धार कार्यमा सहयोग गर्न धेरै देशका टोली टर्की पुगेका छन्। नेपालले पनि स्वास्थ्य सामग्रीसहितको टोली टर्की पठाएको छ।
युक्त अरब इमिरेट्स (युएई) ले भूकम्प प्रभावित सिरियालाई थप ५ करोड डलर सहयोग गर्ने जनाएको छ।
27
Shares
प्रतिक्रिया