ad ad

ग्लोबल


ब्राजिलमा बाढी र पहिरोका कारण ३६ जनाको मृत्यु

ब्राजिलमा बाढी र पहिरोका कारण ३६ जनाको मृत्यु

नेपालखबर
फागुन ८, २०७९ सोमबार १३:४५, काठमाडौँ

ब्राजिलको साओ पाउलोमा बाढी र पहिरोका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ। साओ पोलो प्रशासनले यसबारे जानकारी दिएको हो। 

भिडिओमा उक्त क्षेत्र पानीमा डुबेको र सवारीसाधनहरू खसेको देख्न सकिन्छ।

बाढीका कारण धेरै घर ध्वस्त भएका छन् र घरको भग्नावशेष ब्राजिलबाट आएका तस्बिर देख्न सकिन्छ।

सडक बन्द भएकाले उद्धार टोलीलाई बाढी प्रभावित क्षेत्रसम्म पुग्न कठिनाइ भइरहेको छ।

साओ सेबास्टियोका मेयर फेलिप अगस्टोले भने, ‘अवस्था निकै खराब छ। उद्धार टोली र राहत कार्यकर्ता धेरै ठाउँमा पुग्न सकेका छैनन्।अहिले क्षतिको यकिन आकलन गर्न कठिन छ। धेरै मानिस हराइरहेका छन् भने ५० भन्दा बढी घर ध्वस्त भएका छन्।’

एकजना नागरिक सुरक्षा अधिकारीका अनुसार बाढीका कारण अरू धेरैको ज्यान गएको अनुमान गरिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .