ad ad

ग्लोबल


युक्रेनमा ५ नेटो मुलुकका सैनिक रहेको अमेरिकी गुप्त दस्तावेजको खुलासा

युक्रेनमा ५ नेटो मुलुकका सैनिक रहेको अमेरिकी गुप्त दस्तावेजको खुलासा

नेपालखबर
चैत ३०, २०७९ बिहिबार २०:३५,

अमेरिकासहित पाँच पश्चिमा मुलुकका करिब एक सय सैनिक युक्रेनमा रहेको हालै सार्वजनिक हुन पुगेको पेन्टागनको गुप्त दस्तावेजले खुलासा गरेको छ।

केही दिनअघि अमेरिकी रक्षा मन्त्रालयका ती गुप्त दस्तावेज अनलाइनमा सार्वजनिक भएका थिए। जसअनुसार केही नेटो मुलुकका दर्जनौँ कमान्डो युक्रेनमा रहेको खुलासा भएको हो। 

पश्चिमा मुलुकहरुले भने आफ्नै सैनिक युक्रेनमा नरहेको बताउँदै आएका थिए।

सो दस्तावेजअनुसार अमेरिकाका १४ सैनिक फेब्रुअरीमा युक्रेनमा थिए। सो दस्तावेज फेब्रुअरी २८ का दिन लेखिएको थियो।

जसअनुसार सबैभन्दा धेरै बेलायतका ५०, लाट्भियाका १७ र फ्रान्सका १५ सैनिक युक्रेनमा थिए। नेदरल्यान्ड्सका एक सैनिक रहेको पनि दस्तावेजमा उल्लेख छ।

अति गोप्य दस्तावेज सार्वजनिक भएपछि अमेरिकी रक्षा अधिकारीहरु हताश देखिएका छन्। यसबाट अमेरिका अप्ठेरोमा परेको छ। किनभने सार्वजनिक दस्तावेजले अमेरिकाले आफ्ना शत्रुसँगै सहयोगी मुलुकविरुद्ध पनि उत्तिकै जासुसी गर्ने गरेको देखाउँछ।

उसो त गतसाल रुसले आक्रमण गर्नुअघि पनि वर्षौंसम्म पश्चिमा मुलुकका सैनिक युक्रेनमा रहँदै आएका थिए। आक्रमणको दस दिनअघि मात्र अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले फ्लोरिडा नेसनल गार्डका १६० जवानलाई युक्रेन छाड्न आदेश दिएका थिए।

रुसले युक्रेनमा आफूहरुले पश्चिमा मुलुकसँग समेत लडिरहेको दाबी गर्दै आएको छ। पछिल्लो गुप्त दस्तावेज चुहावटसँगै उसको दाबीलाई थप बल पुगेको छ। 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले युक्रेनमा नेटो सैनिक रहेको आफूहरुलाई पहिल्यैदेखि थाहा भएको टिप्पणी गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .