ad ad

ग्लोबल


पाकिस्तानी धार्मिक मामिलामन्त्रीको सडक दुर्घटनामा मृत्यु

पाकिस्तानी धार्मिक मामिलामन्त्रीको सडक दुर्घटनामा मृत्यु

नेपालखबर
बैशाख ३, २०८० आइतबार २०:१५, काठमाडौँ

पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ। 

शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

‘उहाँलाई दुर्घटनापछि तत्कालै अस्पताल लगिएको थियो, तर अत्यधिक आन्तरिक रक्तस्रावका कारण उहाँको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रीको कारलाई ठक्कर दिने गाडीका चालकसहित गाडीमा सवार अन्य चार जनालाई हिरासतमा लिइएको छ । 

इस्लामावादका प्रहरी महानिरीक्षक अकबर नासिर खानले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रीको टाउकोमा गम्भीर चोट लागेको र यो उहाँको लागि घातक साबित भएको बताए।
 

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी र प्रधानमन्त्री शाहबाज सरिफले शोक व्यक्त गर्दै दिवंगत मन्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .