बारा २ मा जनमतका शिवचन्द कुशवाहले पछिल्लो समय निरन्तर मतान्तर घटाएका छन्।
जसपाका उपेन्द्र यादवसँग ५ हजार ५ सयसम्मको मतान्तर बनाएकोमा पछिल्लो ८ हजार मत गणना हुँदा कुशवाहले एक्लै ५ हजार मत ल्याएका छन्।
अहिलेसम्म ४८ हजार २६४ मत गनिएकोमा यादव १९ हजार ९७८ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा कुशवाहको मत १६ हजार ९३७ रहेको छ। दुई बीचको मतान्तर ३ हजार ४१ को रहेको छ।
नेकपा एमालेका पुरुषोत्तम पौडेल ५ हजार ७९६ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेलले २ हजार ३७० मत पाएका छन्।
यहाँ कुल ६९ हजार १०७ मत खसेकोमा अब २० हजार ८४३ मत गन्न बाँकी छ।
315
Shares
प्रतिक्रिया