ad ad

ग्लोबल


श्रीलंकाका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी

श्रीलंकाका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी

फाइल फाेटाे


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:३८, कोलम्बो

श्रीलंकाका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीलाई आममाफी दिँदै रिहा गरेका छन्। 

कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ३४ बमोजिम राष्ट्रपति रनिल विक्रमासिङ्घेले सो आममाफी दिएको सञ्चारमाध्यमलाई बताए। 

प्रवक्ता एकनायकेले विभिन्न सर्तका आधारमा यो आममाफी दिइएको बताएका छन्। श्रीलंकाले सामान्यतया स्वतन्त्रता दिवस र प्रमुख धार्मिक कार्यक्रमहरूमा कैदीहरूलाई माफी दिने गर्दछ।

यो आममाफी हत्या, लागुऔषधको गम्भीर अपराध, बलात्कार र सशस्त्र डकैतीलगायत गम्भीर फौजदारी अपराधमा दोषी ठहर भएकाहरूका सन्दर्भमा भने लागू हुँदैन। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .