पाकिस्तानको सर्वोच्च अदालतले पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ।
अदालतले उनको गिरफ्तारी गैरकानुनी रहेको समेत जनाएको छ। सर्वोच्च उनलाई इस्लामावाद उच्च अदालत जान पनि निर्देशन दिएको छ।
गिरफ्तारीविरुद्ध खानले दिएको उजुरीमा सुनुवाइ गर्दै पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले यस्तो आदेश दिएका हुन्।
खानको गिरफ्तारीपछि पाकिस्तानमा भएका प्रदर्शनहरुमा कम्तीमा ८ जनाको ज्यान गएको छ भने १४ सय जनालाई पक्राउ गरिएको छ।
भ्रष्टाचारको आरोपमा उनीविरुद्ध दर्जनौँ मुद्दा दर्ता गरिएका छन्। ती मुद्दा राजनीतिक उदेश्यले लगाइएको खानको भनाइ छ।
183
Shares
प्रतिक्रिया