ad ad

ग्लोबल


मेक्सिकोमा मालबाहक ट्रेलरसँग भ्यान ठोक्किँदा २६ जनाको मृत्यु

मेक्सिकोमा मालबाहक ट्रेलरसँग भ्यान ठोक्किँदा २६ जनाको मृत्यु

नेपालखबर
जेठ १, २०८० सोमबार ८:२३, काठमाडौँ

 उत्तर अमेरिकी देश मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ।

उत्तरी राज्य तमौलिपासस्थित ज्वलंत राजमार्गमा आइतबार एउटा यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किएका थिए। 

दुर्घटनास्थलमा ट्रेलरको अगाडिको भाग भेटिएको छैन। चालक ट्रेलरको ट्र्याक्टर भाग चलाएर भागेको अनुमान गरिएको छ। चालकको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।

भ्यानमा परिवारका सदस्यहरू घुमघामका लागि निस्किएका थिए। फेला परेका कागजातअनुसार उनीहरू मेक्सिको नजिकैको सहरका बासिन्दा रहेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .