ad ad

राजनीति


टोपबहादुर समातिनासाथ विष्णु रिजालले भने- देशद्रोहको मुद्दा लगाउनुपर्छ

टोपबहादुर समातिनासाथ विष्णु रिजालले भने- देशद्रोहको मुद्दा लगाउनुपर्छ

विष्णु रिजाल


नेपालखबर
जेठ १, २०८० सोमबार ८:३२, काठमाडौँ

नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार मात्र नभएर देशद्रोह नै भएको बताएका छन्। 

यसैले यसमा संलग्न जोसुकै भए पनि देशद्रोहको मुद्दा लगाएर कडा कारबाही गरिनुपर्नेमा उनले जोड दिएका छन्। 

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख रिजालको उक्त अभिव्यक्ति आफ्नै पार्टीका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेको भोलिपल्ट बिहानै आएको हो। 

‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो, खासमा देशद्रोह हो’, रिजाल सामाजिक सञ्जालमा लेख्छन्, ‘नागरिकलाई जानजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम  गर्नेहरूमाथि देशद्रोहको मुद्दा चलाउनुपर्छ। उप्रप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव– जोसुकै होऊन्, कानुनको नजरबाट बराबर साबित गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .