ad ad

ग्लोबल


एक महिनाभित्र अफगानिस्तानका ब्युटी पार्लर बन्द गर्न तालिबानको आदेश

एक महिनाभित्र अफगानिस्तानका ब्युटी पार्लर बन्द गर्न तालिबानको आदेश

नेपालखबर
असार २०, २०८० बुधबार १६:५४,

अफगानिस्तानमा तालिबान प्रशासनले ब्युटी पार्लर बन्द गर्ने भएको छ। ब्युटी पार्लरहरु बन्द गर्न तालिबानले एक महिनाको समय दिएको छ। 

महिलाहरुलाई काम र पढाइमा प्रतिबन्ध लगाएपछि तालिबानले उनीहरुमाथि अझ दमन बढाएको हो।

जुन २४ का दिन आउँदो एक महिनाभित्र ब्युटी पार्लर गरिसक्न आदेश दिइएको प्रचार मन्त्रालयले जनाएको छ।

अगस्ट २०२१ मा अमेरिकी सेना फिर्ता भएलगत्तै अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेको थियो। त्यसयता तालिबानले महिलाहरुलाई एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको छ।

यसबाट ब्युटी पार्लर चलाएर आम्दानी गर्ने महिलामा निर्भर परिवारलाई ठूलो धक्का लाग्ने छ।

‘म आफ्नो दुःख कसरी वर्णन गरुँ? मेरा पति बेरोजगार छन्। परिवारलाई पाल्ने एक मात्रै बाटो यही थियो,’ एक ब्युटी पार्लर सञ्चालकले भनेकी छन्।

‘पार्लर किन बन्द गर्नुप¥यो, म बुझ्दिनँ। कुनै पनि महिलाले घरबाहिर मेकअप देखाएका थिएनन्। उनीहरु बाहिर जहिले पनि हिजाब लगाउँछन्,’ उनी भन्छिन्।

अफगानिस्तानमा धेरैजसो काममा महिलाहरुलाई प्रतिबन्ध छ। सार्वजनिक स्नानघर, पार्क र जिममा पनि उनीहरुलाई प्रतिबन्ध छ। महिलाहरु बिनाकारण घरबाट बाहिर समेत निस्किन पाउँदैनन्। कारणसहित जाँदा पनि पुरुष संरक्षक साथमा हुनुपर्ने नियम लगाइएको छ।

जसका कारण डिप्रेसन र आत्महत्या दर बढेको बताइएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .