भारतस्थित मणिपुरको थौबल जिल्लामा गत मे ४ मा दुई महिलालाई सडकमा निर्वस्त्र घुमाई बलात्कार गरिएको घटनाका मुख्य अभियुक्त हुइरेम हेरोदास मेइतीको घरमा बिहीबार महिलाले आगो लगाइदिएका छन्।
यी महिलाहरू मणिपुरमा दशकौंदेखि सामाजिक आन्दोलन चलाइरहेको मेइटी महिलाहरूको सबैभन्दा बलियो संगठन मीरा पाइबीसँग सम्बन्धित छन्।
सामाजिक सञ्जालमा बुधबार दुई महिलालाई यौन दुर्व्यवहार गरिएको भिडिओ सार्वजनिक भएको थियो। यसपछि यस प्रकरणमा हालसम्म चारजना पक्राउ परेका छन्।
तीमध्ये सबैभन्दा पहिले हुइरेम हेरोदास मेइतीलाई बिहीबार बिहान ८ बजे पक्राउ गरिएको हो। उनले भिडिओमा पीडित महिलालाई समातेको देखिन्छ ।
पक्राउ परेको केही घण्टामै ठौबल जिल्लाको पची गाउँमा मीरा पैबीकी महिलाले अभियुक्तको घरमा आगजनी गरेका थिए।
यससँगै गाउँका बासिन्दाले हेरोदासलाई परिवारसहित पेची अवाङ लेकाई क्षेत्रबाट निकाल्ने निर्णय गरेका छन्।
हालसम्म प्राप्त जानकारी अनुसार उक्त व्यक्ति मामाको घर पेची अवाङ लेकाईमा हुर्केका हुन भने विवाह गरिसकेका छन्।
भिडिओ खिच्ने व्यक्ति युम्लेम्बम जीवनलाई पनि प्रहरीले बिहीबार नोङपोक सेकमाईस्थित उनको घरबाट पक्राउ गरेको छ। बीबीसी हिन्दी
Shares
प्रतिक्रिया