ग्लोबल


१८ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेर पत्नीसँग अलग्गिए क्यानडाका प्रधानमन्त्री

१८ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेर पत्नीसँग अलग्गिए क्यानडाका प्रधानमन्त्री

नेपालखबर
साउन १७, २०८० बुधबार २२:३२,

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद हुने भएको छ।

प्रधानमन्त्री ट्रुडोको कार्यालयले बुधबार यसको जानकारी दिएको हो।

यससँगै उनीहरुको १८ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्णविराम लागेको छ।

उनीहरुले अलग्गिनेगरी कानुनी सम्झौतामा हस्ताक्षर गरेको जनाइको छ।

‘अलग हुने उनीहरुको निर्णयका सम्बन्धमा दुवैले सबै कानुनी र नैतिक कदमहरु सुनिश्चित गरेका छन्। आउँदा दिनमा पनि त्यसलाई उनीहरुले जारी राख्नेछन्,’ वक्तव्यमा भनिएको छ।

५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफीबीच २००५ मा विवाह भएको थियो।

उनीहरुका तीन सन्तान छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .