ad ad

ग्लोबल


सोनी र जीलाई मर्जरको अनुमति, ७० टीभी च्यानलसहित भारतकै ठूलो मिडिया कम्पनी बन्ने

सोनी र जीलाई मर्जरको अनुमति, ७० टीभी च्यानलसहित भारतकै ठूलो मिडिया कम्पनी बन्ने

नेपालखबर
साउन २६, २०८० शुक्रबार १७:५७,

भारतले सोनी र जीबीच मर्जरको अनुमति दिएको छ। मर्जरसँगै यो भारतको सबैभन्दा ठूलो मिडिया कम्पनी बन्ने छ।

जी भारतकै स्थानीय प्रसारक हो। यो कम्पनीले जापानको सोनीको भारतीय शाखासँग मर्जर गर्नेछ। 

मर्ज भएको मिडियाँसँग ७० भन्दा बढी भारतीय च्यानल हुनेछन्। त्यस्तै फिल्म स्टुडियो र फिल्महरु पनि हुनेछन्। जसले डिज्नीसँग टक्कर दिनेछ।

यो मर्जरले विश्वकै तीव्र गतिमा बढिरहेको भारतीय मनोरञ्जन बजारमा सोनीको पकड थप बलियो बनाउनेछ। 

हाल भारतमा ६० भन्दा बढी च्यानलसहितको डिज्नी स्टार सबैभन्दा ठूलो टीभी नेटकवर्क हो।

सम्झौताअनुसार मर्जरपछि कम्पनीको ५०.८६ प्रतिशत सेयर सोनीले राख्नेछ भने जीका संस्थापकको भागमा ३.९९ प्रतिशत सेयर रहनेछ। बाँकी सेयर अरु सेयरहोल्डरको हातमा हुनेछ।

यो सम्झौता २०२१ मै भएको थियो। तर, त्यसमा ढिलाइ हुँदै आएको थियो।

भारतमा कुनै समय ससाना एकाइहरुमा रहेको मिडिया उद्योग अब हालसम्मकै ठुल्ठूला ग्रुपहरुमा एकगठ हुँदै गएका छन्। 

जी र सोनीको भारतीय संस्करणको वाािष्र्ढक आम्दानी २ अर्ब डलर हाराहारी भएको अनुमान गरिन्छ।

तर, मर्जरपछि पनि यो कम्पनीले निकै कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन्छ।

अर्बपतिहरु मुकेश अम्बानी र गौतम अदानी दुवै मिडिया कम्पनी विस्तार गरिरहेका छन्। गत वर्ष अदानीले जबर्जस्ती एनडीटीभी किनेका छन्। अम्बानीको जिओसिनेमाले यो वर्ष निशुल्क आईपीएल प्रसारण ग¥यो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .