इजिप्टले ब्रिक्स देशहरुसँगको सहयोगलाई सहजीकरण गर्न इकाइ स्थापना गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकपछि बोल्दै इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले ब्रिक्स देशहरुसँगको सहयोगलाई सहजीकरण गर्न एउटा इकाइ स्थापना गर्ने बताए।
उत्तरी तटीय सहर न्यु अलामिनमा रहेको यो इकाइले ब्रिक्स समूहसँगको सहकार्य प्रवर्द्ध गर्ने कुनै पनि कामको लागि जिम्मेवारी निभाउनेछ।
इकाइमा ब्रिक्ससँग सम्बन्धित मन्त्रीहरु, अधिकारीहरु समावेश हुनेछन्।
अगस्ट २४ मा ब्रिक्समा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई समेट्ने बताइएको हो।
21
Shares
प्रतिक्रिया