ad ad

ग्लोबल


आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अफ्रिकी संघ र आइजीएडीलाई सुडानको चेतावनी

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अफ्रिकी संघ र आइजीएडीलाई सुडानको चेतावनी

सिन्ह्वा
भदौ २४, २०८० आइतबार १४:१९, काठमाडौँ

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बलका जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले इन्फन्ट्री डिभिजनको भ्रमण गरेका छन्। 

शनिबार उनले ब्लु नाइल राज्यस्थित सेनाको चौथो इन्फन्ट्री डिभिजनको भ्रमण गरेका हुन्।

कार्यक्रममा सैनिकहरुलाई सम्बोधन गर्दै अल बुर्हानले अफ्रिकी संघ (एयु) र विकासमा अन्तर सरकारी प्राधिकरण (आइजीएडी) लाई आफ्नो आन्तरिक मामिलामा नकारात्मक र अस्वीकार्य हस्तक्षेप रोक्न भनेका छन्। 

उनले अफ्रिकी युनियनको बारेमा आफूहरुको स्पष्ट धारणा रहेको भन्दै आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरे सह्य नहुने चेतावनी दिए।

शान्ति स्थापनाको लागि सरकारले काम गरिरहेको उनले बताए। उनले आफूहरुको हात सधैँ शान्ति स्थापनाका लागि फैलिएको भन्दै यसमा वाह्य हस्तक्षेप नगर्न आग्रह गरे।

सुडानले अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा एसएएफ  र आरएसएफ बीचको झडप व्यहोरिरहेको छ। जसमा हालसम्म ३ हजार भन्दा बढीको ज्यान गएको छ भजने ६ हजार बढी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .