ग्लोबल


भारतको प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कार तीन नेपाली भाषीलाई

भारतको प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कार तीन नेपाली भाषीलाई

शैलेन्द्र समदर्शी
माघ ११, २०७६ शनिबार १६:१४,

भारतको सर्वोच्च नागरिक पुरस्कारमध्ये एक पद्मश्री पुरस्कारले यसवर्ष तीनजना गोर्खा सम्मानित हुने भएका छन्।

प्रतिवर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिने यो प्रतिष्ठित नागरिक पुरस्कारबाट यस वर्ष असमनिवासी लेखक लीलबहादुर छेत्री, सिक्किम निवासी आर्चर तरुणदीप राई र उत्तर प्रदेश निवासी जितु राई सम्मानित हुनेछन्।

आउँदा केही दिनभित्र उनीहरूलाई राष्ट्रपतिका हातबाट यो सर्वोच्च पुरस्कारले सम्मानित गरिनेछ।

बसाइँ र ब्रह्मापुत्र छेउछाउजस्ता चर्चित उपन्यासका लेखक लीलबहादुर छेत्री भारत र नेपाल दुवै क्षेत्रका लेखक–पाठकहरूका लागि सम्मानित नाउँ हुन्।

त्यसैगरी जितु राई र तरुणदीप राई ओलम्पियन खेलाड़ी हुन्। जितु राई भारतीय सेनामा कार्यरत छन्।
अर्कोतिर, लीलबहादुर छेत्रीलाई पद्मश्री पुरस्कारका लागि चयनित गरिएपछि असम नेपाली साहित्य सभा (अनेसास) ले आभार प्रकट गरेको छ।

अनेसासका मूल सचिव रूद्र पौड़ेलका अनुसार उनीहरूले ८७ वर्षीय लीलबहादुर छेत्रीलाई उनले साहित्य र शिक्षामा पुऱ्याएको योगदानको मूल्याङ्कन गरी पद्मश्री पुरस्कार प्रदान गर्नुपर्ने माग पछिल्लो तीनवर्षदेखि गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .