ad ad

ग्लोबल


अमेरिकामा प्रतियोगितामा उडाइएका २ विमान ठोक्किँदा २ चालकको मृत्यु

अमेरिकामा प्रतियोगितामा उडाइएका २ विमान ठोक्किँदा २ चालकको मृत्यु

रासस/सिन्ह्वा
असोज १, २०८० सोमबार १९:१६, लस एन्जलस

संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा  विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन्। 

‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटाविमान आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन्।

‘हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए,’ रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। 

सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ।

विगत पाँच दशकदेखि हरे वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसरी पाइलटको मृत्यु भएको यो पहिलो दुर्घटना होइन। गत वर्ष पनि जेट विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । सन् २०११मा दर्शकहरूको भीडमा विमान खस्दा ११ जनाको मृत्यु भएको थियो भने अन्य ६० जना घाइते भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .