ad ad

ग्लोबल


हमास–इजरायल युद्ध सत्रौँ दिनमा प्रवेश, हालसम्म केके भए?

हमास–इजरायल युद्ध सत्रौँ दिनमा प्रवेश, हालसम्म केके भए?

युद्धमा आफन्त गुमेपछि रुवाबासी


नेपालखबर
कात्तिक ६, २०८० सोमबार ९:३१, काठमाडौँ

प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्ध आज (अक्टोबर २३) सत्रौँ दिनमा प्रवेश गरेको छ। यही अक्टोरबर ७ का दिन हमासले अचानक आक्रमण गरेपछि जवाफमा इजरायलले गाजा (जहाँ हमासको सत्ता छ) मा निरन्तर बमबारी गरिरहेको छ।  
दुई साताभन्दा बढी समयदेखि जारी यो द्वन्द्वमा हालसम्म १४ सय इजरायली मारिएका छन् भने गाजामा बसोबास गर्ने ४ हजार ६५१ प्यालेस्टिनी मारिएको बीबीसीले जनाएको छ। 

उक्त युद्धअन्तर्गत आइतबार केके भए? 
–मानवीय सहायताका सामग्री बोकेका १४ ट्रकलाई रफाह सीमा पार गर्न गाजा प्रवेश गर्न अनुमति दिइएको छ। संयुक्त राष्ट्र मानवीय प्रमुख मार्टिन ग्रिफिथ्सले यसलाई गाजाका जनताका लागि ‘आशाको सानो किरण’ भनेका छन्। 

–अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरे र उनीहरूले ‘अत्यावश्यक मानवीय सहायता  प्यालेस्टिनीहरूसम्म पुग्न क्रम जारी रहने पुष्टि गरे। 

–इजरायलका अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामार बेन–गभिरले हमास सबै बन्धक रिहा गर्न सहमत नभएसम्म गाजाले ‘निरन्तर मानवीय सहायता’ प्राप्त गर्न नसक्ने चेतावनी दिएका छन्। 

–संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले एक संयुक्त फोनवार्तामा इजरायलको ‘आफ्नो रक्षा गर्ने अधिकार’ का लागि आफूहरू समर्थन दोहोर्‍याए तर ‘अन्तर्राष्ट्रिय मानवीय कानुन पालना’का लागि आह्वान पनि गरे। 

–इजरायलको सेनाले आफ्नो विमान लेबनानमा प्रवेश गरेको इजरायलतर्फ ट्याङ्कविरोधी मिसाइल र रकेट प्रहार गर्ने योजना बनाएका दुई हिजबुल्लाह  अखडामा आक्रमण गरिएको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .