चिनियाँ राष्ट्रपति सी चिनफिङले गाजा र युक्रेन युद्धको मध्यस्थतामा सघाउन युरोपलाई आग्रह गरेका छन्। जर्मन चान्सलर ओलाफ सोल्जसँगको भिडिओ कन्फ्रेन्समा सीले यस्तो बताएका हुन्।
सीले कुनै मुलुकको सुरक्षा गर्दा अर्को मुलुकको सुरक्षालाई बेवास्ता गर्न नमिल्ने बताए,
‘प्यालेस्टाइन–इजरायल द्वन्द्व र युक्रेन संकटको आधारभूत समाधानका लागि सुरक्षा मुद्दाहरुमा गहिरो सोचविचार आवश्यक छ। जसका लागि सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा ढाँचा अघि बढाउनुपर्छ,’ सीको भनाइ सिन्ह्वाले उधृत गरेको छ।
‘चीन र युरोपले आफ्नो प्रयासलाई द्वन्द्वमा मध्यस्थता र तनाव न्यूनीकरणमा केन्द्रित गर्नुपर्छ,’ सीले थपे।
उनले चीन र जर्मनीले मिलेर विश्व व्यवस्था र बहुपक्षीयताको संरक्षण गर्न जरुरी भएको बताए।
पछिल्लो समय तनावबाट गुज्रिरहेको चीन–युरोप सम्बन्धमा केही सहजता आएको विश्लेषण भइरहेको छ। एजेन्सी
Shares
प्रतिक्रिया