ad ad

समाज


जाजरकोट भूकम्पः १४३ जनाको शव संकलन

जाजरकोट भूकम्पः १४३ जनाको शव संकलन

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १६:२९, काठमाडौँ

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १ सय ४३ पुगेको प्रहरीले पुष्टि गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, जाजरकोटमा १ सय ५ जनाको शव फेला परेको छ भने रुकुम पश्चिममा ३८ जनाको शव संकलन गर्न सम्भव भएको छ।

यस्तै जाजरकोटमा ८१ रुकुम पश्चिममा ८५ गरी १ सय ६६ जना घाइते भएका छन्।

भूकम्पले भत्किएका संरचनाभित्र पुरिएकाहरूको खोजबिन र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ।

घाइतेको अवस्था हेरी स्थानीय स्वास्थ्य संस्था, सुर्खेत र नेपालगन्जमा उपचार गरिँदै छ। केही गम्भीर घाइतेलाई काठमाडौँसमेत ल्याइँदै छ।

दुर्गम पहाडी क्षेत्रमा छरिएका बस्ती, कमजोर घर संरचना, सडक र सञ्चारको समस्यालगायत कारण क्षतिको यकिन विवरण संकलनका साथै उद्धार र राहतमा समेत ढिलाइ भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .