ad ad

ग्लोबल


भारतद्वारा १० मिलियन घरधुरीका लागि रुफटप सोलार योजना स्वीकृत

भारतद्वारा १० मिलियन घरधुरीका लागि रुफटप सोलार योजना स्वीकृत

नेपालखबर
फागुन १९, २०८० शनिबार १५:३२, काठमाडौँ

भारत सरकारले देशभरका १ करोड घरपरिवारमा रूफटप सोलार प्यानल जडान गर्ने योजनालाई अनुमोदन गरेको छ। जसबाट उनीहरूले प्रतिमहिना ३ सय युनिटसम्म निःशुल्क बिजुली प्राप्त गर्न सक्नेछन्।

यस योजनामार्फत घरपरिवारले बिजुलीको बिल वचत गर्न र डिस्कम (वितरण कम्पनीहरू) लाई अतिरिक्त बिजुली बिक्री गरेर थप आम्दानी गर्न सक्षम हुनेछन्। प्रस्तावित योजनाले आवासीय क्षेत्रमा रूफटप सोलारमार्फत ३० जिडब्ल्यु सोलार क्षमता थप्नेछ।

एक हजार बियुएस बिजुली उत्पादन गर्नेछ । रूफटप प्रणालीको २५–वर्षको जीवनकालमा ७२० मिलियन टन सिओ २ बराबरको उत्सर्जनमा कमी ल्याउनेछ। सरकारकाअनुसार यो योजनाले उत्पादन, रसद, आपूर्ति श्रृंखला, बिक्री, स्थापना, ओ एण्ड एम (अपरेसन र मर्मतसम्भार) र अन्य सेवाहरूमा करिव १७ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ।

योजना अन्तर्गत आवासीय रूफटप सौर्य स्थापनाका लागि केन्द्रिय वित्तीय सहायता (सिएफए) प्रदान गरिनेछ। आधिकारिक विज्ञप्तिअनुसार २ किलोवाट प्रणालीका लागि प्रणाली लागतको ६० प्रतिशत र २ किलोवाटदेखि ३ किलोवाट क्षमताको प्रणालीका लागि ४० प्रतिशत अतिरिक्त लागत सहायता दिइनेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी २२ मा घोषणा गरेको यो योजना भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्यले हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .