ad ad

ग्लोबल


भारतीय सेना हट्दै गर्दा मालदिभ्सले चीनसँग गर्‍यो सैन्य सम्झौता

भारतीय सेना हट्दै गर्दा मालदिभ्सले चीनसँग गर्‍यो सैन्य सम्झौता

नेपालखबर
फागुन २२, २०८० मंगलबार १७:५,

माल्दिभ्सले चीनसँग सैन्य सम्झौता गरेको छ। माल्दिभ्सबाट भारतीय सैनिक हट्दैगर्दा सो मुलुकले यस्तो कदम चालेको हो।

माल्दिभ्सका रक्षामन्त्री मोहम्मद हसन मोमुन र चिनियाँ सेनाका मेजर जनरल चाङ पाओचुनले सोमबार सो सम्झौतामा हस्ताक्षर गरेको माल्दिभ्सको रक्षा मन्त्रालयले जनाएको छ।

सम्झौताका विवरणहरु सार्वजनिक गरिएको छैन। तर, सो सम्झौता राष्ट्रपति मोहमद मुइजुको चीन भ्रमणको बेला भएको सम्बन्ध स्तरोन्नतिअनुरुप नै गरिएको बताइएको छ।

जनवरीमा भएको मुइजुको पाँच दिने भ्रमणमा दुई देशले सम्बन्धलाई बृहत् रणनीतिक सहकार्यमूलक साझेदारीमा स्तरोन्नति गरेका थिए।

चीनले सोमबार नै मालदिभ्सलाई १२ वटा एम्बुलेन्स पनि हस्तान्तरण गरेको छ। 

राष्ट्रपति मुइजुले निर्वाचित हुनेबित्तिकै भारतले दिएको विमान चलाउन मालदिभ्समा बसेका केही दर्जन सैनिकलाई हटाउन माग गरेका थिए।

भारत त्यसमा सहमत भएको छ। उसले सैनिकहरुलाई फिर्ता गर्न सो स्थानमा प्राविधिक टोली खटाएको छ। 

मुइजुले मे १० पछि मालदिभ्समा भारतीय सैनिक नरहने वाचा मतदातासामु गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .