ad ad

ग्लोबल


जेलेन्स्कीको कारकेडबाट ५ सय मिटरनजिकै रुसी क्षेप्यास्त्र विस्फोट

जेलेन्स्कीको कारकेडबाट ५ सय मिटरनजिकै रुसी क्षेप्यास्त्र विस्फोट

नेपालखबर
फागुन २४, २०८० बिहिबार १३:३९,

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोताकिस बसेको ठाउँनजिकै रुसी क्षेप्यास्त्र विस्फोट भएको छ। काला सागरको तटमा अवस्थित ओडेसा सहरमा यी दुई नेताभन्दा ५ सय मिटर पर क्षेप्यास्त्र प्रहार भएको हो।

कारकेडमा रहेका नेताहरुले विस्फोटको आवाज सुनेको र धुवाँको मुस्लो देखेको बताइएको छ।

सो आक्रमणमा पाँच जनाको ज्यान गएको र कयौँ घाइते भएको युक्रेनी सेनाले जनाएको छ। जेलेन्स्की बारम्बार युद्धक्षेत्रको नजिक गइरहन्छन्।

जेलेन्स्कीले सो आक्रमण नजिकैबाट देखेको बताए।

मित्सोताकिसले पनि घटनाको वर्णन गरेका छन्।

‘हामी कारमा पसेको केही समयपछि नै ठूलो विस्फोटको आवाज सुन्यौँ। वास्तविक युद्ध चलिरहेको छ भनेर याद दिलाउने यो सबैभन्दा प्रष्ट घटना थियो,’ उनले पछि पत्रकारहरुसँग भने।

रुसी रक्षा मन्त्रालयले सो समयमा आफ्नो सेनाले क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। 

पछिल्ला दिनहरुमा युक्रेनले आक्रमणको गति बढाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .