ग्लोबल


हेरफेर गरिएको भन्दै चार एजेन्सीले फिर्ता गरे बेलायती युवराज्ञीको तस्बिर

हेरफेर गरिएको भन्दै चार एजेन्सीले फिर्ता गरे बेलायती युवराज्ञीको तस्बिर

नेपालखबर
फागुन २८, २०८० सोमबार १३:१३,

चार अन्तर्राष्ट्रिय फोटो एजेन्सीले बेलायती युवराज्ञी र उनका सन्तानको तस्बिर हेरफेर गरिएको भन्दै फिर्ता गरेको छ।

सो तस्बिर युवराज्ञी क्याथरिनको जनवरीमा गरिएको शल्यक्रियापछि पहिलो पटक दरबारले सार्वजनिक गरेको थियो। जसमा क्याथरिन आफ्ना तीन सन्तानको माझमा बसेकी छन्।

तर, गेट्टी इमेजेज, एएफपी, रोयटर्स र एपीले छेडछाड गरिएको भन्दै फिर्ता गरेका हुन्। राजकुमारी शार्लोटको बायाँ हात ठाउँमा नदेखिएपछि उनीहरुले त्यस्तो निर्णय लिएका हुन्।

दरबारले यसबारे टिप्पणी दिन अस्वीकार गरेको छ।

दुई महिनाअघि उनको पेटको शल्यक्रिया गरिएको बताइएको थियो। त्यसयता उनी सार्वजनिक रुपमा देखिएकी छैनन्। 

उनको स्वास्थ्य अवस्थालार्य लिएर अनेक अड्कलबाजी चलिरहेका छन्।

युवराज र युवराज्ञीको सामाजिक सञ्जालबाट सो फोटो सार्वजनिक गरिएको थियो।

तर, आइतबार अबेर एपीले फोटा फिर्ताका लागि ‘किल नोटिफिकेसन’ जारी गरेको थियो।

‘नजिकैबाट नियाल्दा स्रोतले फोटो हेरफेर गरेको पाइयो। बदलामा कुनै फोटो पठाइने छैन,’ एपीले लेखेको थियो।

त्यसपछि अरु एजेन्सीले पनि फिर्ता लिएका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .