ad ad

ग्लोबल


क्यानडाका प्रधानमन्त्री भन्छन् : हरेक दिन पद छोडूँछोडूँ लाग्छ

क्यानडाका प्रधानमन्त्री भन्छन् : हरेक दिन पद छोडूँछोडूँ लाग्छ

नेपालखबर
चैत ३, २०८० शनिबार १८:४०,

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूलाई हरेक दिन पद छाड्न मन लाग्ने बताएका छन्। तर, आउँदो चुनावसम्म पदमा बस्ने उनको भनाइ छ।

क्यानडामा अक्टोबर २०२५ सम्ममा चुनाव हुनेछ। तर, ट्रुडोको लिवरल पार्टी यसपटक अलोकप्रिय छ। सर्वेक्षणहरुमा कन्जरभेटिव पार्टीले जित्ने देखिएको छ। 

२०१५ मा सत्तामा आएका ट्रुडोबाट मतदाता अघाइसकेको देखिएको सर्वेक्षकहरुको भनाइ छ।

‘म आफ्नो स्वभावविरुद्ध यो विन्दुमा लडाइँ छाडेर हिँड्न सक्दिनँ,’ रेडियो क्यानडासँगको अन्तर्वार्तामा उनले भने।

पद छाड्नेबारेमा सोच्नु हुन्छ कि हुन्न भन्ने प्रश्नमा ट्रुडोको जवाफ थियो, ‘छाड्नेबारे म हरेक दिन सोच्छु। म एकदम बेकारको काम गरिरहेको छ, त्यसका लागि व्यक्तिगत त्याग गर्नुपरिरहेको छ।’

‘पक्कै पनि यो अति कठिन काम हो। कहिलेकाहीँ दिक्क लाग्छ। तर, हामी हिँडिरहेको बाटो साह्रै अनिश्चित छ। विश्वभर लोकतन्त्रमाथि आक्रमण चलिरहेको छ,’ उनले थपे।

उनले आफू लोकप्रिय बन्नलाई राजनीतिमा नआएको पनि बताए।

‘म लोकप्रिय बन्न राजनीतिमा आएको होइन। व्यक्तिगत कारणले पनि होइन। म सेवा गर्न चाहन्थेँ र मलाई थाहा थियो– मैले दिनसक्ने केही छ,’ उनले भने। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .