ad ad

ग्लोबल


मस्कोका आक्रमणकारीसँग सम्पर्कमा देखिएका ९ जना ताजिकिस्तानबाट पक्राउ

मस्कोका आक्रमणकारीसँग सम्पर्कमा देखिएका ९ जना ताजिकिस्तानबाट पक्राउ

नेपालखबर
चैत १७, २०८० शनिबार १५:६,

मस्कोको आतंकवादी हमला गर्नेहरुसँग सम्पर्कमा देखिएका ९ जनालाई ताजिकिस्तानको सुरक्षा एजेन्सीले पक्राउ गरेको छ। गत साता मस्कोको एउटा कन्सर्ट हलमा भएको आक्रमणमा १४४ जनाको ज्यान गएको थियो।

‘मार्च २२ मा मस्कोमा आक्रमण गर्ने व्यक्तिहरुसँग सम्पर्कमा देखिएका बाखदात जिल्लाका ९ बासिन्दालाई गिरफ्तार गरिएको छ,’ रुसी समाचार एजेन्सीहरुले लेखेका छन्।

सो गिरफ्तारीमा रुसी सुरक्षाकर्मीहरुको संलग्नता रहेको बताइएको छ।

बाखदात ताजिक राजधानी दुसान्बेबाट पूर्वतर्फ पर्छ।

पक्राउ परेकाहरु इस्लामिक स्टेटसँग जोडिएको हुनसक्ने आशंका गरिएको छ।

मस्को आक्रमणमा सहयोग गरेको आरोपमा नवौँ व्यक्तिलाई अभियोग लगाइएसँगै पछिल्लो पक्राउको घटना भएको हो।

यसअघि यो प्रकरणमा ११ जना पक्राउ परिसकेका छन्। ताजिकिस्तानका चार नागरिकले सो आक्रमण गोली चलाएको बताइएको छ। उनीहरुलाई गत आइतबार नै अदालतमा उभ्याइएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .