इजरायलले इरानमा क्षेप्यास्त्र हानेको खबरपछि तेल र सुनको भाउ बढेको छ। अमेरिकी अधिकारीहरुले इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए।
त्यसपछि कच्चा तेलको मूल्य १.८ प्रतिशतले बढेर ८८ डलर प्रतिब्यारेल पुगेको छ। तेलको भाउ सुरुमा त ३.५ प्रतिशतले बढेको थियो।
तर, इरानी सरकारी सञ्चारमाध्यमले क्षेप्यास्त्रबाट कुनै क्षति नभएको बताएपछि केही घटेको थियो।
सुनको भाउ बढेर झण्डै कीर्तिमानी मूल्य छुन लागेको थियो। तर, पछि घटेर प्रतिऔन्स २४ सय डलरमा पुगेको छ।
गत साता इरानले पहिलो पटक सोझै इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र हमला गरेको थियो। त्यसको प्रतिक्रियामा इरानले के गर्ला भनेर लगानीकर्ताहरु हेरिरहेका छन्।
पश्चिम एसियामा द्वन्द्व विस्तार भए तेल आपूर्ति गडबड हुने चिन्ता छ।
त्यस्तै तेलको भाउ अत्यधिक बढे त्यसले मुद्रास्फिति उच्च पार्ने चिन्तामा मुलुकहरु छन्। एजेन्सी
Shares
प्रतिक्रिया