ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा मन्त्रालय भागबन्डाको गृहकार्य

सुदूरपश्चिममा मन्त्रालय भागबन्डाको गृहकार्य

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १३:२३, काठमाडौँ

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री नियुक्त भएपछि सत्ता गठबन्धन मन्त्रालय भागबन्डाको गृहकार्यमा जुटेको छ।

सत्ता गठबन्धनमा सामेल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीबीच आज बिहान छलफल भएको थियो।

‘छलफलपछि आ–आफ्नो दलभित्र सल्लाह गरी पहिला दाबी पेस गर्ने र त्यसका आधारमा कसले कति पाउने भन्ने निर्णय गर्ने कुरा भएको छ,’ छलफलमा सहभागी स्वतन्त्र सांसद डा. जोशीले नेपालखबरलाई भने, ‘अब एक–दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रक्रिया अघि बढ्ला।’

निकै पेचिलो कसरतका बीच बिहीबार सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए। बिहीबार साँझ नै उनले प्रदेश प्रमुख नजिर मियासमक्ष शपथ लिएर दुई सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्।

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्।

अन्य मन्त्रालय के–कसरी बाँडफाँट गर्ने भन्ने विषयमा पहिला पार्टीमा सल्लाह गरेर अनि मात्र गठबन्धनमा छलफल गर्ने सहमति भएको डा. जोशीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .