ग्लोबल


भारतमा दोस्रो चरणको मतदान

भारतमा दोस्रो चरणको मतदान

नेपालखबर
बैशाख १५, २०८१ शनिबार १२:१५, काठमाडौँ

भारतको १८औँ आम निर्वाचनअन्तर्गत शुक्रबार दोस्रो चरणको मतदान भएको छ। 

दोस्रो चरणमा १३ राज्यका ८८ लोकसभा सिटका लागि मतदान भएको हो।

चर्को घाममा पनि मतदाता लाइनमा उभिएर भोट हाल्न उत्साहित देखिएका थिए। 

यसअघि पहिलो चरणअन्तर्गत यही अप्रिल १९ मा १०२ सिटका लागि मतदान भएको थियो।

भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिकाअनुसार सात चरणमा निर्वाचन हुनेछ।

तेस्रो चरणको निर्वाचन ७ मे, चौथो चरणको मतदान १३ मे, पाँचौँ चरण २० मे, छैटौं चरण २५ मे र अन्तिम चरणको मतगणना १ जुनमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .