समाज


लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन गम्भीर बिरामी, मेडिसिटीको आईसीयूमा उपचार हुँदै

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन गम्भीर बिरामी, मेडिसिटीको आईसीयूमा उपचार हुँदै

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८१ शनिबार १२:२८, काठमाडौँ

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन गम्भीर बिरामी परेका छन्। 

गएको बिहीबार साँझ अचालन बिरामी परेपछि शेरचनलाई उपचारको लागि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए। 

‘दुई दिनदेखि उहाँको आईसीयूमा उपचार भइरहेको छ,’ केही बेरअघि पोख्रेलले नेपालखबरसँग भने, ‘अवस्था सुधारोन्मुख छ भन्ने जानकारी चिकित्सकले दिएका छन्।’ 

८० वर्षीय शेरचनमा न्यूरो सम्बन्धि समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। 

लुम्बिनीमै रहेको बेला अचानक देव्रे हात नचल्ने भएपछि उनलाई काठमाडौँ ल्याइएको हो। 

‘देब्रे हात अचानक नचल्ने भएपछि उपचारमा ल्याइएको थियो,’ पोख्रेलले भने, ‘परीक्षणको क्रममा उहाँको मस्तिस्कको देब्रतिरको नसा ब्लक भएको कुरा चिकित्सकले गरेका छन्। उपचारपछि हात चाहीँ अलिअलि चल्न थालेको छ। तर, औँलाहरु चलेको छैनन्।’

माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकी प्रदेशमासमेत प्रदेश प्रमुख थिए।

तत्कालिन मन्त्रिपरिषदको सिफारिसमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .