ad ad

ग्लोबल


क्याबिनेट बैठकमा मोदीले भने : हारजित राजनीतिको हिस्सा हो, संख्याको खेल चलिरहन्छ

क्याबिनेट बैठकमा मोदीले भने : हारजित राजनीतिको हिस्सा हो, संख्याको खेल चलिरहन्छ

नेपालखबर
जेठ २३, २०८१ बुधबार १७:४३,

दोस्रो कार्यकालको अन्तिम क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हारजित राजनीतिको हिस्सा भएको बताएका छन्।

‘हामीले पछिल्लो १० वर्ष राम्रो काम ग¥यौँ। हामी त्यसलाई जारी राख्नेछौँ,’ मन्त्रीहरुसँग मोदीले भने।

उनले तेस्रो पटक सरकार गठनका लागि दाबी गर्ने तयारी गरिरहेका छन्। 

‘तपाईंहरु सबैले कडा मेहनत गर्नुभयो,’ मोदीले भने, ‘जित्नु हार्नु राजनीतिको पाटो हो, संख्याको खेल चलिरहन्छ।’

बैठकपछि मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका थिए।

मोदीले शनिबार शपथ लिने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .