ad ad

ग्लोबल


२४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्दै पुटिन

किम जोङ उनसँग भेटवार्ता गर्ने
२४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्दै पुटिन

फाइल तस्बिर : भ्लादिमिर पुटिनसँग किम जोङ उन (अघिल्ला दुई)


नेपालखबर
असार ४, २०८१ मंगलबार ८:५७, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक मंगलबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। 

बीबीसीका अनुसार पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने छन्।

दुई नेताबीच गत वर्ष पनि सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा भेट भएको थियो।

सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण पहिलोपटक गर्न लागेका हुन्। 

अमेरिकाले आफू ‘दुई देशबीचको सम्बन्धलाई गहिरो बनाउन’ चिन्तित रहेको बताएको छ। 

क्रेमलिनले यस भ्रमणलाई ‘मैत्री राज्य भ्रमण’ भनेको छ र रुसी मिडियाका अनुसार, पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दासहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने तथा दुई नेताले संयुक्त वक्तव्य जारी गर्ने सम्भावना छ। 

पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्ने सम्भावना छ। उत्तर कोरियामा यो मात्र अर्थोडक्स चर्च हो।

प्राप्त जानकारीअनुसार पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणका क्रममा बसेका थिए।

पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ। साथै भ्रमण टोलीमा विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाक पनि रहनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .