रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङ भ्रमण गर्न लाग्दा उत्तर कोरियाली सैनिकहरु मंगलबार सीमा पार गरेर आफ्नो भूमिमा प्रवेश गरेको दक्षिण कोरियाले जनाएको छ।
उत्तर कोरियाली सैनिकहरु केहीबेरका लागि सीमा पार गरेको र चेतावनीस्वरुप गोली चलाएपछि फर्किएको दक्षिण कोरियाली सेनाको भनाइ छ।
यद्यपि, उत्तर कोरियाली सैनिकहरुले जानीजानी नभई झुक्किएर सीमा पार गरेको हुनसक्ने दक्षिण कोरियाको भनाइ छ।
दुई कोरियाबीचको सीमामा बार लगाइएको छैन र सीमा चिह्नहरुले घाँसले छोपिएका छन्।
‘२०–३० जना सैनिकहरु सैन्य सीमा चिह्न नाघेर २० मिटर तल आए,’ दक्षिण कोरियाको ज्वइन्ट चिफ्स अफ स्टाफले एक वक्तव्य जारी गर्दै भनेको छ।
डिमिलिटराइज्ड जोन भनिने दुई कोरियाबीचको सीमाक्षेत्रमा भारी किल्लाबन्दी गरिएको छ। दुई कोरियालाई यस्तै १६० माइल लामो सीमाले छुट्याएको छ। एजेन्सी
Shares
प्रतिक्रिया