ad ad

ग्लोबल


रुसको दाबी- युक्रेनले प्रहार गरेका सयभन्दा बढी ड्रोन खसाल्यौँ, ठूलो आक्रमण असफल पार्‍यौँ

रुसको दाबी- युक्रेनले प्रहार गरेका सयभन्दा बढी ड्रोन खसाल्यौँ, ठूलो आक्रमण असफल पार्‍यौँ

फाइल फाेटाे : ड्रोन तयार गर्दै युक्रेनी सैनिक


नेपालखबर
असार ७, २०८१ शुक्रबार २०:३६, काठमाडौँ

रुसले बिहीबार राति क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको जनाएको छ।

बीबीसीका अनुसार रुसले सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुङ्गा नष्ट गरेको दाबी गरेको छ।

सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको रुसको दाबी छ।

अनलाइनमा पोस्ट गरिएको भिडिओले उक्त क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेसनजिकै आगलागी भएको देखाएको छ।

क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डानजिकैका घटनाबारे कुनै टिप्पणी गरेका छैनन् तर इल्स्की नजिकैको तेल रिफाइनरीको प्रशासनिक भवनमा आगलागी भएको बताएका छन्।

अधिकारीहरूका अनुसार आगो निभाइएको छ भने घटनामा दुई जना घाइते भएका छन्।

स्थानीय गभर्नरका अनुसार क्रास्नोडार सहरमा भग्नावशेषबाट खसेर एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .