ad ad

ग्लोबल


बोलिभियामा सैन्य कूको प्रयास, विद्रोही जर्नेल पक्राउ

बोलिभियामा सैन्य कूको प्रयास, विद्रोही जर्नेल पक्राउ

नेपालखबर
असार १३, २०८१ बिहिबार १३:३९,

दक्षिण अमेरिकी मुलुक बोलिभियामा सत्तापलटको प्रयास भएको छ। जर्नेल हुवान होसे जुनिगाको नेतृत्वमा सो सैन्य कूको प्रयास भएको हो। 

सैनिकहरुको समूह राजधानी ला पाजस्थित राष्ट्रपतीय भवनमा प्रवेश गरेका थिए। त्यस्तै, सरकार भवनहरु रहेको मुरिलो स्क्वायर बख्तरबन्द गाडीसहित आएका सैनिकहरुले कब्जा गरेका थिए। 

तर, केही घण्टापछि ती सैनिकहरु पछि हटेका थिए।

लगत्तै जर्नेल जुनिगालाई गिरफ्तार गरेका थिए। उनले लोकतन्त्रको पुनर्संरचना गर्न चाहअ‍ेको दाबी गरेका छन्। अहिलेका लागि राष्ट्रपति लुइस आर्केलाई आफूले सम्मान गर्ने उनको भनाइ छ।

राष्ट्रपति आर्केले कू प्रयासको निन्दा गरेका छन्। उनले लोकतन्त्रका लागि संगठति र परिचालित हुन जनतालाई आह्वान गरे।

‘एकपटक फेरि बोलिभियानी जीवन लिने गरी कूको प्रयासको अनुमति हामी दिन सक्दैनौँ,’ राष्ट्रपति कार्यालयबाटै टेलिभिजनमा प्रसारित सन्देशमा उनले भनेका छन्।

उनको आह्वानपछि आम मानिस सडकमा ओर्लेका छन्।

उनले सेनामा नयाँ नेतृत्व नियुक्त गर्ने घोषणा पनि गरे।

पूर्वराष्ट्रपति तथा लोकप्रिय नेता एभो मोरालेसले पनि जनतालाई सडकमा निस्कन आह्वान गरेका छन्।

जर्नेल जुनिगाले यसअघि जेलमा रहेकी पूर्वराष्ट्रपति जिनिन अनेजलाई निकाल्ने घोषणा गरेका थिए।

सोमबार टेलिभिजनमा जर्नेल जुनिगाले मोरालेसलाई गिरफ्तार गर्ने धम्की दिएपछि उनलाई बर्खास्त गरिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .