ad ad

ग्लोबल


दिल्ली-एनसीआरमा पस्यो मनसुन, तीव्र हावाका साथ भारी वर्षा सुरु (भिडिओ)

दिल्ली-एनसीआरमा पस्यो मनसुन, तीव्र हावाका साथ भारी वर्षा सुरु (भिडिओ)

नेपालखबर
असार १३, २०८१ बिहिबार १०:४०, काठमाडौँ

दिल्ली–एनसीआरमा भारी वर्षा सुरु भएको छ। यो सिजनको पहिलो मनसुन वर्षाका रूपमा लिइएको छ।

ट्रान्स हिन्डनसँगै पूर्वी दिल्ली, नोएडालगायत आसपासका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ।

आकाशमा कालो बादल छ र तीव्र गतिमा हावा चलिरहेको छ।

भारतीय मौसम विभागले आजदेखि शनिबारसम्म पहेँलो र आइतबारका लागि सुन्तला रङको चेतावनी जारी गरेको छ।

यस्तो अवस्थामा साताको अन्त्यमा वर्षाले तापक्रम ४ डिग्री सेल्सियससम्म घट्न सक्छ।

जसका कारण अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस पुग्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

वर्षाको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .