ad ad

ग्लोबल


गोलीकाण्डपछि ट्रम्प – कि भाग्यले बाँचेँ, कि त भगवानले बचाए

गोलीकाण्डपछि ट्रम्प – कि भाग्यले बाँचेँ, कि त भगवानले बचाए

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८१ सोमबार १८:४, काठमाडौँ

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध भएको हत्या प्रयासको पछिल्लो दिन प्रतिक्रिया दिएका छन्। 

पेनसिल्भेनियामा भएको चुनावी सभाका क्रममा अमेरिकी समयअनुसार शनिबार राति उनको हत्या प्रयास भएको थियो। 

घटनापछिको पहिलो अन्तर्वार्ताका क्रममा उनले आफू कि भाग्यले बाँचेको कि त भगवानले बचाएको बताएका हुन्। 

उनले भने, ‘त्यो निकै अविश्वसनीय कुरा थियो। मैले त्यतिबेला मेरो टाउको मात्र घुमाइनँ, ठ्याक्कै त्यति नै खेर घुमाएछु, जति घुमाउनुपर्ने थियो त्यति नै घुमाएछु।’ कानैबाट गएको गोलीले उनलाई सजिलै मार्न सक्ने उनको भनाइ छ। 

‘म त मरिसकेको हुन्थेँ, म यहाँ (अन्तर्वार्ता दिने स्थानमा) हुँदै हुन्नथेँ’, उनले थपे। 

घटनामा सभामा उपस्थित एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना गम्भीर घाइते भएका थिए। 

गोली प्रहार गर्ने थोमस म्याथु क्रुक्स पनि तत्कालै सुरक्षाकर्मीको कारबाहीमा मरेका थिए। 

ट्रम्पले घटनाको क्षणबारे उक्त अन्तर्वार्तामा विस्तृतमा खुलाएका छन्। 

‘त्यो बेला मानिसहरुबाट आएको त्यो शक्ति, त्यहाँ सबै उभिए। यो त वर्णन गरिसाध्य छैन, यस्तो भयो कि! मैले थाहा पाएँ– संसारले हेरिरहेको थियो’, उनले भनेका छन्, ‘इतिहासले यसको मूल्यांकन गर्नेछ र मलाई लाग्यो हामी उनीहरुलाई ठीकठाक छौँ भन्ने जानकारी दिनुपर्छ।’  बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .