ad ad

ग्लोबल


जम्मु-कस्मिरमा विधानसभा चुनावः पहिलो चरणको मतदान सम्पन्न

जम्मु-कस्मिरमा विधानसभा चुनावः पहिलो चरणको मतदान सम्पन्न

जम्मु-कस्मिरमा मतदानपछि महिला मतदाता।


नेपालखबर
असोज २, २०८१ बुधबार २२:१७, काठमाडौँ

जम्मु-कस्मिरमा विधानसभा चुनावअन्तर्गत बुधबार पहिलो चरणको मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा ५८ प्रतिशतभन्दा बढी मतदान भएको छ। 

जम्मु-कस्मिरमा भएको मतदानको यो प्रतिशत पछिल्लो ३५ वर्षमा सबैभन्दा बढी हो।

जम्मु-कस्मिरका सात जिल्ला अनन्तनाग, पुलवामा, शोपियान, किश्तवार, रामबन, कुलगाम र डोडामा मतदान भएको हो। कूल ३२७६ मतदान केन्द्रमा मतदान भए। 

पहिलो चरणको चुनावमा २ सय १९ जना उम्मेदवार मैदानमा छन्। जसमध्ये ९ जना महिला छन्। 

यस्तो छ जिल्लाअनुसार मतदान प्रतिशत

अनन्तनागमा ५४.१७ प्रतिशत

डोडामा ६९.३३ प्रतिशत

किश्तवाडमा ७७.२३ प्रतिशत

कुलगाममा ६१.५७ प्रतिशत

पुलवामामा ४६.०३ प्रतिशत

रामवनमा ६७.७१ प्रतिशत

शोपियानमा ५३.६४ प्रतिशत

अब सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरण मतदान हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .