ad ad

ग्लोबल


भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त

भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त

आगो लागेपछि देखिएको धुवाँको मुस्लो


नेपालखबर
साउन १२, २०८१ शनिबार ६:५१, काठमाडौँ

क्यानडाको ऐतिहासिक सहर ज्यास्परमा लागेको आगलागीका कारण आधा सहर जलेर नष्ट भएको छ। यहाँका हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ।

अधिकारीहरूका अनुसार तीव्र गतिमा फैलिएको डढेलोका कारण क्यानडाको ऐतिहासिक सहर जास्परको झण्डै आधा भाग ध्वस्त भएको हो।

पश्चिमी क्यानडाको जास्पर नेसनल पार्क सहरका सडक आगलागीका कारण ध्वस्त भएका छन्। यहाँबाट आएका भिडिओमा घर र गाडी जलेको देखिन्छ। 

ज्यास्परका अधिकारीहरूले अग्नि विभागका कर्मचारीहरूले सकेसम्म धेरै भवन बचाउने प्रयास गरिरहेको बताएका छन्।

करिब २० हजार पर्यटक र पाँच हजार स्थानीय बासिन्दा अल्बर्टा प्रान्तको पहाडी क्षेत्रमा बसाइँ सरेको बीबीसीले जनाएको छ। 

जनधनको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .