ad ad

ग्लोबल


केजरीवाललाई अन्तरिम जमानत दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

केजरीवाललाई अन्तरिम जमानत दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

फाइल फाेटाे : अरविन्द केजरीवाल


नेपालखबर
साउन ३०, २०८१ बुधबार २०:३, काठमाडौँ

भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ।

अब यस मुद्दामा अर्को सुनुवाइ अगस्ट २३ मा हुने भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले यस मामिलामा सीबीआईलाई पनि नोटिस जारी गरेको छ।

केजरीवालका तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीलाई न्यायधिश सूर्यकान्त र उज्वल भुयनको इजलासले भन्यो, ‘हामी अन्तरिम जमानत दिइरहेका छैनौँ। हामी नोटिस जारी गर्नेछौँ।’

यो नोटिस केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा जारी गरिएको हो।

अब सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्च अदालतमा जवाफ पेस गर्नुपर्नेछ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको मदिरा नीतिमा घोटालासँग सम्बन्धित मुद्दामा मार्च २१ मा ईडीले पक्राउ गरेको थियो।

जेलमा रहँदा उनलाई भ्रष्टाचार मुद्दामा सीबीआईले पनि पक्राउ गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .