ad ad

कारोबार


भायनेटको महामहोत्सव अफर, ग्राहकलाई इन्टरनेटमा यस्तो सुविधा

भायनेटको महामहोत्सव अफर, ग्राहकलाई इन्टरनेटमा यस्तो सुविधा

नेपालखबर
असोज ३, २०८१ बिहिबार १४:४२, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा "भायनेट महामहोत्सव" अफर सार्वजनिक गरेको छ। 

कम्पनीले ग्राहकहरूको लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याएको हो।

महोत्सवअन्तर्गत, ग्राहकले १२५ एमबीपीएसको सट्टा त्यही मूल्यमा २०० एमबीपीएस स्पिड प्राप्त गर्न सक्छन्। वार्षिक ८ हजार ९९९ रुपैयाँमा भायनेटले आफ्ना अहिलेका १२५ एमबीपीएस सब्सक्राइब गर्ने वार्षिक ग्राहकलाई २०० एमबीपीएसमा अपग्रेड गरिसकेको छ। 

साथै, भायनेटले ग्राहकको घरभरि  वाइफाइ कभरेज बढाउनलाई जेटटीईको मेस वाइफाइमा अफर ल्याएको छ। ग्राहकहरूले मेस वाइफाइ राउटरमा २ वटा सेटलाई १ को मूल्यमा पाउन सक्नेछन्।

यसको लागि मात्र ३ हजार  रुपैयाँ (भ्याटसहित ) अतिरिक्त तिर्नुपर्नेछ। यो मेस अफर भायनेटका २०० एमबीपीएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको कम्पनीले जनाएको छ।  

भायनेटका ३ महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकहरुले टिभी ब्रान्ड हाइसेन्सको टिभी, फ्रिज, वासिङ मेसिन जस्ता इलेक्ट्रोनिक्स सामानहरूमा २८ प्रतिशतसम्म डिस्काउन्ट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .