ad ad

ग्लोबल


अमेरिकामा शक्तिशाली आँधीका कारण अहिलेसम्म ४३ जनाको मृत्यु

अस्पतालको छतमा फसेका ५० कर्मचारी र बिरामीलाई बाहिर निकाल्ने प्रयास जारी
अमेरिकामा शक्तिशाली आँधीका कारण अहिलेसम्म ४३ जनाको मृत्यु

नेपालखबर
असोज १२, २०८१ शनिबार ११:३३, काठमाडौँ

दक्षिण-पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ।

बाढीको पानीमा फसेका मानिसहरूलाई उद्धार गर्न डुङ्गा, हेलिकप्टर र ठूला सवारीसाधन प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन्।

तीमध्ये टेनेसी अस्पतालको छतमा फसेका करिब ५० कर्मचारी र बिरामीलाई बाहिर निकाल्ने प्रयास भइरहेको बीबीसीले जनाएको छ। 

बिहीबार राति तटमा ठोक्किएपछि फ्लोरिडामा आएको यो आँधी अहिलेसम्मकै शक्तिशाली आँधी भएको बताइएको छ। अहिले यो जर्जिया र क्यारोलिनातर्फ सरेको छ।

आँधीका कारण अर्बौं डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .