भारतीय राज्य राजस्थानको उदयपुर जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर टाढा रहेको गोगुण्डा थाना क्षेत्रका बासिन्दा चितुवाको आक्रमणले आतंकित भएका छन्।
सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म यस क्षेत्रका विभिन्न गाउँमा चितुवाको आक्रमणबाट बालबालिका, महिला र वृद्धवृद्धासहित सात जनाको मृत्यु भइसकेको छ।
वन विभाग र प्रशासनले चितुवालाई नियन्त्रणमा लिन व्यापक अभियान थालेको छ भने उक्त क्षेत्रमा सेना र प्रहरीको टोली सार्प सुटरसहित खटिएका छन्।
बढ्दो आक्रमणलाई ध्यानमा राख्दै अक्टोबर १ तारिख प्रदेशका प्रमुख मुख्य वन संरक्षक (पीसीसीएफ) पवनकुमार उपाध्यायले चितुवालाई गोली हान्न आदेश दिएका छन्। बीबीसी हिन्दी
132
Shares
प्रतिक्रिया